काठमाडौ । कोरोना जोखिमका कारण लामो समय रोकिएको वैदेशिक रोजगार खुला भएपछि वैदेशिक रोजगारीका लागि जाने नेपालीको लर्को सुरु भएको छ ।
कोरोना जोखिम भने कायम रहेका कारण वैदेशिक रोजगारीका लागि जानेहरुले अनिवार्य पिसिआर रिपोर्ट भने पेश गर्नुपर्नेछ । कोरोना भाइरसको पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ परेका छन् ।
शनिबार साँझ दुबई जान विमानस्थलमा पुगेका उनीहरुको रिपोर्ट नक्कली पाईएपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यान खैरागरका दिनेश सिंहलगायत छन् । बाँकी ६ जनाको नाम सार्वजनिक हुन बाँकी छ ।
ट्विटरमा जय देश ९२व्बथव्बलबलष्व्बथम्भक० नाम गरेको ट्विटर ह्यान्डलका भएका व्यक्ति लेख्छन् । बिचरा ति रोजगारीको आशामा जान लागेका लाई किन समाउनु ? सक्ने क्षमता भए, तिनलाई सो कार्य गराउने जरो अर्थात दलाललाई समाउ, नेपालको जहाज र प्रणालीको प्रतिष्ठा जोगाऊ ।