काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहनिकट अनेरास्ववियूले लालटिन जुलुस निकालेको छ । आज राजधानीमा अनेरास्ववियूका विद्यार्थीले लालटिन जुलुस निकालेका हुन् ।अनेरास्ववियूका धेरै नेताहरु जुलुसमा सहभागी भएका छन् ।
विद्यार्थी राजनीतिबाट आएका योगेश भट्टराई पनि जुलुसमा सहभागी भएका थिए । भट्टराई नेकपाको प्रचण्ड माधव समूहले गठन गरेको संघर्ष समितिका सहसंयोजक छन् । प्रचण्ड माधव समूहनिकट अनेरास्ववियूले योभन्दा पहिला पनि ओलीको कदमको विरोध गर्दै आन्दोलनका विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।