सामाजिक सञ्जालमा तस्वीर राखेका कारण उनको जागिर बर्खास्त

काठमाडौ । केही समय अघि नेपाली सेनाबाट कंगो गएका सैनिक जवानहरुलाई अधिकृतहरुले कु टे को समाचार सार्वजनिक भएको थियो । अहिले ती सैनिक जवानकै जागिर गएको समाचार आएको छ ।

घटनाको छानविन पछि ती सैनिक जवानमाथि का’रबाही भएको हो । अधिकृतबाट कु’ टि ए का सैनिक जवानको जागिर गएको हो । अधिकृतहरुको भने एक वर्षका लागि बढुवा रोक्का मात्र भएको छ ।

सैनिक जवान नवराज माझीमाथि कु ट पी ट भएको थियो । माझीले घटनाबारे सैनिक निकायभित्र उजुरी गर्नुपर्नेमा सामाजिक सञ्जालमा तस्वीर राखेकाले कारबाही भएको बताइएको छ ।

उनले गणपति वा सैनिक मुख्यालय, शान्ति सेना निर्देशनालय वा सिधै प्रधानसेनापतिलाई उजुरी गर्न सकिने व्यवस्था सेनामा रहेको थियो । तर ती सैनिक जवानले भने सामाजिक सञ्जालमा तस्वीर राखेका कारण उनको जागिर गएको हो । उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी गर्दै ६ महिनाको कै द सजाय समेत तोकिएको छ ।

८ असोजमा कंगोमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाका सह सेनानी इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई यस्तो गरेका थिए ।

घटना विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । घटनामा संलग्नहरुबारे छानविन गर्न कोर्ट अफ इन्वायरी गठन भएको थियो । कंगोबाट घटनामा संलग्नहरुलाई झिकाइएको थियो ।