काठमाडौँ । गायिका सृष्टि हिङमाङ र गायक मिथुन शिवाको आवाजमा तिम्रो ‘छातिभित्र मुटु चल्छ मेरो’ बोलको गीत सार्वजनिक भएको छ।
सृजना निङ्गलेकुको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा शब्द मिथुन शिवा, संगित सृष्टि हिङमाङको रहेको छ भने सृजना निङ्लेकु र पर्शुराम राइको अभिनय रहेको छ । प्रेमभाव बोकेको यस गीतले प्रेम गर्नको लागि कुनै जात ,धर्म, उमेर, वर्ण आदिले छेक्न नसक्ने भाव प्रकट गरेको छ ।
गीतको छायाङ्कन बेलायतका विभिन्न रमणीय स्थानहरुमा गरिएको छ । मोडल द्वय सृजना निङ्लेकु र पर्शुराम राईको वैवाहिक वर्षगाठ र माघे सक्रान्तिको अवसरमा सार्वजनिक गरिएको भिडियोलाई कुशल श्रेष्ठले छायाङ्कन, सम्पादन र निर्देशन गरेका हुन्।