काठमाडौ । मुख्यमन्त्री शेरधन राईले हालै विवाह गरेका छन् । उनलाई बालिका खड्काले श्रीमान दावी गर्दै अदालतमा मु द्दा दिएपछि उनको बारेमा निकै चर्चा भएके थियो । शेरधनले विवाह गरेपछि बालिका फेरी चर्चामा आएकी छन् । उनले शेरधन विरुद्ध वहुविवाहको मु द्दा दिने चेतावनी पनि दिएकी छन् । यो विषयमा शेरधन राईले धेरै प्रतिकृया दिएका छैनन् । तर एउटा कार्यक्रममा शेरधनले आफुमाथि बालिकाले लगाएको आरोपका बारेमा बोलेका छन् ।
उनले दिएको यो स्पष्टिकरण केही महिना अघिको हो । उनले त्यस पछि पनि बालिकाले लगाएको आरोपका बारेमा केही बोलेका छैनन् । तर बालिका भने फेरी मिडियामा सार्वजनिक हुँदै उनी विरुद्ध अदालत जाने चेतावनी दिएकी छन् । शेरधन राईले आफु सञ्चारमन्त्री हुँदा देखि नै बालिकालाई अगाडी लगाएर आफु विरुद्ध षडयन्त्र सुरु भएको बताएका छन् । उनले त्यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी संयन्त्रमा कुरा राखेको र बालिकाले लगाएको सबै दावी झुटो भएको प्रमाणीत भएको बताएका छन् ।
एउटा गिरोहले आफ्नो राजनीतिक जिवन समाप्त पार्ने षडयन्त्र भएको बताउँदै बालिकाले प्रयोग गरेको ६ वटा मोवाइल नम्बर सहितको ७ पेज लामो कागजात आफुले प्रहरीलाई पनि बुझाएको बताएका छन् । आफुले त्यसबारेमा त्यसवारे कहिल्यै प्रतिकृया नदिएको बताउँदै आएका उनले अब स्पष्ट पार्न जरुरी भएकाले मात्र जवाफ दिएको बताएका छन् ।
उनले भूईवाट आएको र कम्युनिष्ट पार्टीमा लागेर अहिलेको अवस्थामा पुग्नुमा आफ्नो लगनशिलताका कारण यहाँ सम्म पुगेको बताएका छन् । आफुलाई आर्थिक र नैतिक रुपमा कसैले पनि खोट लगाउने अवसर कसैलाई पनि नदिएको बताएका छन् ।