रावण खराम मात्र थिएनन् वुद्धिमानी र विद्वान पनि थिए

काठमाडौं- के तपाईंले रामायण पढ्नु भएको छ ? यदि पढ्नु भएको छैन भने पनि रामायणको कहानीको विषयमा भने पक्कै पनि सुन्नु भएको होला ।

रामायणमा (राक्षस) भिलेन पात्र रावण खराम मात्र थिएनन् वुद्धिमानी र विद्वान पनि थिए । उनि प्रकाण्ड विद्वान हुनुका साथै ज्योतिष शास्त्रका समेत ज्ञाता थिए ।

रावण भगवान शिवको परमभक्त थिए भने उनले भोलेनाथलाई खुशी बनाउन विभिन्न सिद्धी प्राप्त गरेको थिए । रावणको कठोर तपस्याबाट भोलेनाथ प्रशन्न भए र स्वयं रावणको अगाडि प्रकट भएर वरदान माग्न भने । रावणले वरदानस्वरुप अमरताको वरदान मागे ।

भगवान शिवले एक शर्तसहित तथास्तु भने । तर शर्त थियो रावणले एक दिनमा पाँच सिँढी तयार गर्नुर्ने । यदि रावणले बनाउन नसकेको खण्डमा वरदान बेकार हुने थियो ।

रावणले कुनै आपत्ति जनाएन र स्वर्ग जाने सिँढी बनाउन थाल्यो । तर समयमा काम नसकेकोले उसको वरदान खेर गयो ।
एजेन्सीको सहयोगमा