महासंघ सम्वनयको प्रथम वार्षिक साधारण सभा सुसम्पन्न

गोर्खा जिल्ला पालुङटार नगरपालिका वडा नम्बर ९ मा आदिवासी जनजाति महासंघ सम्वनयको प्रथम वार्षिक साधारण सभा सुसम्पन्न भएको छ । माघ १६ गते शहिद दिवसको अवसर पारेर उक्त कार्यक्रम गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला सम्वनयका सचिव श्री प्रेमध्वज थापा हुनुहुन्थ्यो ।

सो कार्यक्रममा ९ का वडा प्रमुख श्री भेषराज पाण्डे, वडासदस्य श्री रामबहादुर लामा, लीला माया गुरुङ लगायत विभिन्न आदिवासी तथा जनजातिहरूको संघसंस्थाहरूको उपस्थितिले कार्यक्रमको सोभा बढाएको थियो।

वडा प्रमुख श्री भेषराज पाण्डेले लक्षित वर्गलाई सरकारबाट आएको बजेट कुनैपनि हालतमा वडा भित्र रहेका आदिवासीहरुलाई उपलब्ध गराउने प्रण गर्नुभयो। उक्त कार्यक्रममा वडा नम्बर ९ भित्र रहेका आदिवासी तथा जनजातिहरुको आफ्नो आफ्नो मौलिकता र सभ्यताको झाँकी प्रदर्शन गरेका थिए।

प्राचीन समयमा नेपालका राजा रजौटाहरुले आदिवासी जनजातिहरुलाई विभिन्न योजना, राजनीति र रणनीतिले नेपालका आदिवासीहरुको पहिचान , भाषा, धर्म समाप्त पारेको कारण आजसम्म पनि नेपालको सरकारी निकायहरुमा आदिबासीहरुको पुग्न सकेका छैनन् । त्यसैले अबका दिनहरुमा शिक्षा, पहिचान र मौलिकतालाई आत्मा साथ गर्दै सम्पूर्ण मूलबासीहरुको एकजुट भई एकै मन भई देश विकासमा अगाडि बढ्नुपर्छ ।

पहिचानको नाममा एकदिन झाँकी प्रदर्शन गर्दैमा हाम्रो पहिचान हक र अधिकार आउँदैन । आदिबासीको पहिचानको संरक्षण गर्न सकिँदैन अबका दिनमा जुनसुकै गतिविधिहरूमा मूलबासीहरु एकजुट भई बढेको खण्डमा निश्चय नै हामीले चाहेको हाम्रो समाज राम्रो समाज हाम्रो पहिचान अनुकूल देश निर्माण गर्न सकिन्छ।
जय देश जय आदिवासी