एकै परिवारका १४ जनामा कोरोना संक्रमण

विराटनगर : को’रोना संक्रमित भेटिने क्रम बढेपछि मोरङको रंगेली नगरपालिकाका चारवटा वडा मंगलबारबाट ‘सिल’ गरिएको छ । रंगेली मोरङको पुरानो सदरमुकाम हो। मानिस तथा सवारी साधन आवतजावतमा पूर्णरुपमा रोक लगाउँदै ४, ५, ६ र ७ नम्बर वडा सिल गरिएको हो । समुदायस्तरमा फैलिएको को’रोना भाइरसको संक्रमण नियन्त्रणका लागि तीन दिनलाई जोखिमयुक्त मानिएका वडाहरु सिल गरिएको नगरले जनाएको छ ।

नगरपालिकाले बजार क्षेत्र, बजारको पूर्व मधुवनी चौक देखि सुनवर्षी नगर पालिका पश्चिम, चिसाङ खोला, उत्तरमा निचामारी बक्राह खोला पुल र दक्षिणमा भन्सार गेट क्षेत्रलाई लक्षित गरेर चारवटै वडा सिल गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले एउटै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएका कारण वडाहरु सिल गर्नु परेको जानकारी दिए ।

केही दिनअघि रंगेलीको मुख्य बजार क्षेत्रका ७३ वर्षीय वृद्धको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृ,त्यु भएको थियो । उनको कट्याक ट्रेसिङका क्रममा बजारका स्थानीय सहित जम्मा १५६ जनाको स्वा’ब संकलन गरिएको थियो । त्यस क्रममा २२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १४ जना एकै परिवारको रहेकेा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले बताए ।