काठमाडौ । आन्दोलनरत नेकपाले आह्वान गरेको आम हड्तालका कारण जनजिवन प्रभावित भएको छ । पोखरा र धनगढीमा ओली पक्ष पनि सडकमा आएको छ। आमहड्तालको विरोधमा सत्तारूढ नेकपा ओली पक्षका युवाले पोखरा र धनगढीमा प्रदर्शन सुरु गरेका हुन्।
उनीहरुले गरिखानेलाई काम गर्न दिनुपर्ने भन्दै नाराबाजीसमेत गरेका छन्। उनीहरूले मुख्यमन्त्री कार्यलयदेखि धनगढी चौराहसम्म र्याली र नाराबाजी गर्दै अघि बढेका थिए। ‘व्यापारी साथी एक हौं बन्द गर्न पाइदैन, बन्दलाई खुला गरौं।।। ’लगायतका नारा उनीहरूले लगाएका थिए।
प्रचण्ड–नेपाल समूहको नेकपाका कार्यकर्ता महडताल सफल पार्न ठाउँठाउँमा उपस्थित छन्। दुबै समूहका कार्यकर्ता सडकमा आएपछि अवस्था विग्रन सक्ने देखेर प्रहरीले उच्च सतर्कता अपनाएको छ। धनगढी र पोखरामा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल र्याली निकालेर उनीहरूले बन्दको विरोध गरेका हुन्। प्रदर्शनका क्रममा ओली पक्ष र बन्दकर्ता प्रचण्ड(नेपाल पक्षका कार्यकर्ताबीच भनाभन समेत भएको थियो। पृथ्वीनारायण क्याम्पसबाट निस्केको मोटरसाइकल र्याली सिम्पानी, हरिचोक, मालेपाटन, पृथ्वीचोक, विरौटा, न्युरोड हुँदै पृथ्वीनारायण क्याम्पसमै पुगेर समापन भएको थियो।
नेपाल कम्युनिस्ट पार्टी९नेकपा० का दुवै समूह आमुन्ने सामुन्ने आएपछि धनगढीको चौराहा त ना व ग्रस्त बनेको छ। नेकपा ओली समूहका विद्यार्थी नेता कुमार बडेला सवार कारको चाबी नेकपाकै अर्को प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले थु ते पछि विवाद निम्तिएको हो।
अहिले ओली समूहका कार्यकर्ताले चाबी फिर्ता गर्नुपर्ने भन्दै चौराहामा नाराबाजी गरिरहेका छन् भने अर्को प्रचण्ड–नेपाल समूहले हडतालको अवेज्ञा गरेको भन्दै थु ति एको चाबी फिर्ता नदिने अडान राखेको छ।