काठमाडौँ । गायक अपाथ माप्छनले भ्यालेन्टाइन डेको अवसर पारेर जुन त्यो जुन बोलको गीतको भिडियो बजारमा ल्याएका छन् ।
गायक अपाथ र लोकप्रिय गायिका एलिन चौहानको स्वर तथा कमल राईको शब्द तथा संगीत रहेको गीतमा एरेन्ज पनि कमलको नै रहेको छ । जसमा पछिल्लो समयका चर्चित मोडलद्धय निराजन प्रधान र एलिसा राईको अभिनय देख्न सकिन्छ ।
एलिसा र निराजनका माध्यमबाट निर्देशक सोनम पाख्रिनले युवा अवस्थामा हरेक युवा युवतीले जानेर नजानेर प्रेमको गहिराईमा डुब्दै जाने र एक अर्काबिना बाँच्न नसक्ने रोमाञ्चक प्रेम कहानीलाई भिडियोमा देखाइएको छ ।
बुद्ध थापाको छायांकन रहेको गीतमा सुशिल न्यौपानेको सम्पादन रहेको छ । रिदम स्क्रिन क्रियशनको च्यानलबाट अपलोड गरिएको भिडियो सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।