सर्वोच्चको फैसला पछि प्रचण्डको साथमा रहेका माधवकुमार नेपाल लगायतका नेताहरु एमालेमै रहने निर्णयमा पुगेका छन् । उनीहरुले एमालेमै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति विरुद्ध संघर्ष गर्ने निर्णयमा पुगेका हुन् ।
सामाजिक सञ्जालमा निकै सकृय रहने र आफ्नै सरकारको चर्को आलोचना गर्ने नेता मध्य पर्छन भिम रावल । सर्वोच्चको फैसलाका कारण प्रचण्डको साथ छोड्ने इच्छा नहुँदा नहुँदै माधव लगायत उनको समुहमा रहेका नेताहरु एमालेमै रहने निष्कर्षमा पुगेका छन् ।
उनी केपी शर्मा ओलीकै नेतृत्वमा रहेको एमालेको उपाध्यक्ष हुन् । उनले सर्वोच्चको निर्णयलाई स्वीकार गर्दै आफ्नो अभिब्यक्ति पनि सुधार गरेका छन् । उनले अब आफ्नो पार्टीको अध्यक्ष केपी शर्मा ओली नै रहेको बताएका छन् । सर्वोच्चले पार्टीको नामका विषयमा फैसला गर्दै नेकपा ऋषि कट्टेललाई नै दिएको दिन सुरु भएको संसदको बैठकमा रावलले प्रधानमन्त्री ओलीलाई तपाई कुन पार्टीको भनेर प्रश्न गरेका थिए ।
तर अहिले उनले एमालेको अध्यक्ष ओली नै हो भनेका छन् । त्यस दिन आफुले गरेको प्रश्न ओलीको लागि मात्र नभएर एमालेका सबै नेताहरुका लागि गरेको र त्यो आफ्ना लागि पनि लागू हुने रावलको भनाई छ ।
एमाले ओलीको मात्र नभएर आफु लगायत लाखौं जनताको बलिदानी र नेताको यागदानवाट एमाले स्थापना भएकाले ओलीको भन्न नमिल्ने उनको भनाई छ । त्यसैले हिँदो नेकपामा रहेका ओली पनि एमालेमा फर्किए जस्तै आफुहरु पनि एमालेमा फर्किएको उनको राय छ ।
तपाईलाई म स्मरण गराउँछु । जुन÷जुन निर्णयहरूमा मैले भनेजस्ता व्यवहारहरु देखिए, जुन÷जुन निर्णयहरू पार्टीको विधिसम्मत देखिएनन । त्यहाँ÷त्यहाँ मैले त्यो प्रश्र उठाएको थिएँ । र अहिलेपनि म भन्छु । उहाँ नेकपाको नवौं महाअधिवेहनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ ।
म पनि त्यही महाअधिवेहनबाट अत्यधिक मतले निर्वाचित उपाध्यक्ष थिएँ । उहाँ प्रधानमन्त्री हुँदा, म उपप्रधानमन्त्री भएको थिएँ । त्यसकारण उहाँ र मेरो लामो समय संगत भएको कुरापनि तपाईँ स्मरण गनुहोस् । कुरा के मात्रै थियो भने कतिपय विषयहरूमा हाम्रा मत–मतान्तर थिए । र त्यो मतमतान्तर तर चर्किदै यतिसम्म पुगेको थियो भने जहाँ तपाईले भनेका जस्ता शब्द प्रयोग गर्नुभएको थियो ।
तर सर्वोच्च अदालतले फेरि नेकपा एमाले यथावत रहन्छ भनेपछि त हामी अब एक ठाउँमा जान्छौँ । हाम्रो नीति छन् । प्रणाली छन् । घोषणा छन् । सिद्धान्त छन् । विधि छन् । प्रक्रिया छन् । अब त्यो कुरामा अगाडि बढ्छौ । व्यक्तिगत रुपमा उहाँसंग मेरो केही पनि छैन । पार्टीको उहाँ अध्यक्ष हो । म उपाध्यक्ष हो । अरूपनि उपाध्यक्ष हुनुहुन्छ । हामी बृहत्त राष्ट्रिय हितलाई ध्यानमा राखेर अघि बढ्छौं ।
राजनीतिक प्रकृतिको फैसला सर्वोच्चको फैसला आएपनि सहमत हुने कुनै अवस्था नभएपनि आफुहरुले मानेको बताए । उनले सर्वोच्चको फैसलाले असफल भएको कोही हो भने ओली असफल भएको बताएका छन् ।
उनले माओवादी केन्द्रसंग पार्टी एकता गर्दा ओलीको हस्ताक्षर रहेकाले उनी पनि असफल भएको बताएका छन् । उनले आफु सबै एमालेका नेता भएकाले पार्टीको नीति र नियम अनुसार अबको अध्यक्ष ओली हुन् र ५ वर्षका लागि प्रधानमन्त्री पनि उनी नै हुने बताएका छन् । उनले जस्तो सुकै परिस्थितीले एमालेलाई फुटाउन नसक्ने बताए ।