काठमाडौं नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएमा अझै पनि पार्टी एकता हुन सक्ने
बताएका छन्। बुधबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘नेकपा माओवादी केन्द्रको अडान यथावत छ, केपी ओलीले
प्रधानमन्त्रीबाट राजीनामा दिएमा एउटै पार्टीको सरकार बन्छ’, उनले भने, ‘ओलीले राजीनामा पनि दिएनन्, पार्टी एकताको वातावरण पनि बनाएनन्।’
माओवादी केन्द्रले मंगलबारै स्थायी कमिटी बैठक राखेर प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता अघि बढाउने बताएको थियो। उसले प्रधानमन्त्रीबाट ओलीलाई विस्थापित गर्ने वातावरण नबनेसम्म सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो।