राजकुमार सुब्बा, चैत्र ८ काठ्माण्डौं। राष्ट्रिय ख्रीष्टीयन महासंघ – नेपाल, महिला विभागको आयोजनामा गत चैत्र ५ गते एक दिने मानवअधिकार गोष्ठि राजधानी काठमाडौंमा सम्पन्न भएको भएको छ ।
‘नागरिक, धर्म वा आस्थाको स्वतन्त्रता तथा महिला अधिकार’ विषयक उक्त एक दिने गोष्ठिमा राष्ट्रिय र अन्तरास्ट्रिय कानूनहरु सिकाईएको थियो। महासघंको मानव अधिकार विभाग प्रमुख ,अधिवक्ता भविन्द्र राईले फेसिलेट गर्नुभएको सो गोष्ठि महासंघको महिला विभागको आयोजना गरिएको थियो।
२४ जना महिलाहरुको सहभागिता रहेको सो गोष्ठिमा नेपालको प्रचलित कानूनले अन्तरास्ट्रिय मानव अधिकार अभिसंधिहरुलाई कति आत्मासाथ गरेको छ वा छैन भन्ने बारे पनि प्रकाश पारिएको थियो। साथै आफ्नो मानवअधिकार उपयोग गर्दा अरुको मानव अधिकारलाई हनन गर्न नहुने कुरामा पनि विशेष जोड दिइएको थियो।महासंघको उपाध्यक्ष समेत रहनुभएको अधिवक्ता राईको अनुसार आगामी दिनमा यस्ता गोष्ठिहरु संचालन गरिने र आम महिलाहरुलाई मानवअधिकार संम्बन्धि तालिम दिने योजना रहेको छ।
यो गोष्ठि अति नै आवश्यक र प्रभावकारी भएको साथै अरु बिस्तृत खाले तालिम र गोष्ठिहरुको खाँचो रहेको समेत सहभागी महिलाहरुको प्रतिक्रिया रहेको थियो।