अनैतिक ब्यवहार र्ने वन अधिकृत कारवाहीमा

काठमाडौ । संगै काम गर्ने महिला कर्मचारीलाई फेसवुक म्यासेन्जरवाट भिडियो कल गरेर अनैतिक ब्यवहार गर्ने वन अधिकृत कारवाहीमा परेका छन् । सहकर्मी महिलालाई फेसबुक म्यासेन्जरबाट भिडियो कल गरी अनैतिक कार्य गर्ने डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका तत्कालीन सहायक वन अधिकृतलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जरिवाना गरेको छ।

महिला कर्मचारीले दिएको उजुरीमाथि उनी माथि छानबिन भएको हो । उनले गरेको गल्ती पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले सहायक वन अधिकृत तुलाराम घिमिरेलाई रु ५० हजार जरिवाना गरेको छ । उनले महिलालाई क्षतिपूर्तिबापत रु ५० हजार तिर्नुपर्ने प्रशासनले फैसला गरेको हो।

जिल्ला प्रशासन कार्यालयको फैसलामा भनिएको छ, “प्रतिवादी तुलाराम घिमिरेले गरेको कार्य कार्यस्थलमा हुने यौ ‘न जन्य दु र्व्य व हा र निवारण ऐन २०७१ को दफा ४ को उपदफा १ को खण्ड ख बमोजिमको क सु र जन्य कार्य भएको देखिँदा निज प्रतिवादी तुलाराम घिमिरेलाई निवारण ऐन २०७१ को दफा १२ को उपदफा १ बमोजिम ६ महीना कै द वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने छ भन्ने कानुनी व्यवस्था बमोजिम निज प्रतिवादीलाई जरिवाना ५० हजार र निवेदकलाई क्षतिपूर्ति बापत रु ५० हजार दिलाई भराई दिनु भन्ने फैसला गरिएको छ।”

हाल डिभिजन वन कार्यालय नुवाकोटमा कार्यरत घिमिरेलाई १३ साउन, २०७७ को दिउँसो भिडियो म्यासेन्जरमा कल गरी आफ्नो गोप्य अंग देखाएको आरोप लागेको थियो। त्यस घटनापछि डिभिजन वन कार्यालय, सिन्धुपाल्चोकबाट उनको सरुवा भएको थियो।