अहिले कलाकारहरुको फेसवुक म्यासेन्जरवाट पैसा माग्न थालिएको छ । पैसा माग्दै चर्चित कलाकारहरुको म्यासेन्जरवाट अनुरोध आयो भने तत्काल सम्बन्धित कलाकारलाई प्रत्यक्ष फोन गर्नुपर्नेछ । कलाकारहरुको फेसवुक ह्याक गरेर ह्याकरले पैसा माग्न थालेको कुरा खुलेको छ । हाँस्य कलाकार दीपाश्री निरौला र अर्का कलाकार सरोज खनालको फेसवुक ह्याक भएको जनाइएको छ ।
उनीहरुको फेसवुकवाट चिनेजानेकाहरुसंग पैसा माग्दै म्यासेज गएको बताइएको छ । अर्का हाँस्य कलाकार दिपकराज गिरीले त्यसवारे जानकारी गराएका छन् । उनले एक फेसवुक स्टाटस लेख्दै दीपा र सरोजको फेसवुक ह्याक भएको जानकारी दिएका छन् । उनले फेसवुक ह्याक गरेर पैसा माग्न थालिएको जानकारी दिएका छन् ।
दिप्कले लेखेका छन्, दीपाजीको फेसवुक ह्याक भएको छ । सरोज खनाल दाईको पनि फेसवेक ह्याक भएको छ । ह्याकरले चलचित्रकर्मीको फेसवुक ह्याक गर्दै पैसा माग्न थालेको छ । अत सजक रहनुहोला । कलाकारको समामाजिक सञ्जाल ह्याकरको निसानामा परेपछि अन्य कलाकाहरु पनि सचेत हुनुपर्ने देखिएको छ ।
ह्याकरले पैसा उठाउने उद्देश्यले कलाकाहरुको फेसवुक ह्याक गरेको देखिएको छ । दिपकले पैसा गुमाउने जोखिमवाट बच्न सबैलाई सचेत गराएका छन् ।