अभिनेता भुवनको अंगालोमा बाँधिएको सुष्मा तस्विर भाइरल

काठमाडौँ । विवाद र स्क्यान्डल प्रकरणमा अभिनेता भुवन केसी अन्य कलाकारहरुभन्दा एक कदम अगाडी नै छन् । नेपाली मिडियाले ‘प्ले व्वाई’ का रुपमा समेत चित्रित गर्ने गरेका भुवन एउटा तस्विरका कारण फेरी एक पटक चर्चामा छन् । लकडाउनमा अभिनेत्री साम्राज्ञी आरएल शाहले उनीमाथि दु’र्व्य व’हारको आ’रो’पको सामना गरेका भुवनसँग अभिनेत्री सुष्मा कार्कीको तस्विर भाइरल बनेको छ ।

दअभिनेता भुवन केसीका लागि विवाद र स्क्यान्डल पर्यायजस्तै मानिन्छ । एक समय विभिन्न अभिनेत्री तथा महिलासँगको सम्बन्धका कारण चर्चा र विवादमा रहने गरेका उनलाई नेपाली मिडियाले ‘प्ले व्वाई’ का रुपमा समेत चित्रित गर्ने गरेका छन् । कुनै बखतकी चर्चित अभिनेत्री सारङ्गा श्रेष्ठले भनेकी थिइन्, ‘फिल्म इन्डस्ट्रीमा भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान् ।’

छोरा अनमोलको नेपाली फिल्ममा उदयपछि केही बदलिएका भुवन वि वा दबाट भने अझै मुक्त हुन सकेका छैनन् । साम्राज्ञीले आफ्नो मानहानी गरेको भन्दै उनले १० करोड क्षतिपूर्ति माग गर्दै जिल्ला अदालत काठमाडौंमा मु’द्धा हा’ले’का छन् । यो मु’द्धाको अहिलेसम्म छिनोफानो भएको छैन ।

करीब ८ वर्षदेखि जिया केसीसँग लि भि ङ्ग टूगेदरमा रहेका भुवनको आजका दिनमा पनि अभिनेत्रीहरुसँग नजिकको सम्बन्ध छ । अभिनेत्री सुष्मा कार्कीसँँगको निकटता यसको प्रमाण हो । हालै दरवारमार्गको एक क्याफेमा पुराना कलाकारहरुको जमघटमा सुष्मा पनि पुगेकी थिइन् । त्यहाँ उनले भुवनको अंगालोमा बाँधिएर खिचेको एक तस्विर बुधवार इन्स्टाग्राममा शेयर गरेकी छन् ।

नेपाली फिल्मको कुनै रोमान्टिक सिनभन्दा कम नदेखिने यो तस्विरले उनीहरुबीचको प्रेम, मित्रता र आत्मियता झल्काउँछ । यसअघि बलिउड अभिनेता सलमान खानको जन्मदिन सेलिब्रेसनमा पनि उनीहरु एकअर्कासँग निकै नजिक देखिएका थिए । सुष्मासँग भुवनको यसप्रकारको सामिप्यता जियासँग भने कमै देख्न पाइन्छ । यसैले भनिएको होला भुवनलाई ‘महिलाप्रेमी’ !

यो पनि, नाचघरमा ‘मालिनी’ मञ्चन
काठमाडौँ । राष्ट्रिय नाचघर जमलमा नाटक ‘मालिनी’ मञ्चन भएको छ । बंगाली कवि रविन्द्रनाथ टैगोरको कथामा आधारित नाटकलाई झोराहाट नाट्य समूहले बुधबार मञ्चन गरेको हो ।हन्दु धर्म र बुद्ध धर्मबीचको द्धन्द्धको कथा रहेको नाटक बुद्ध थिएटर फेस्टिभलपरेर मञ्चन भएको हो । हिन्दु धर्म मान्ने परिवारमा हुर्के बढेकी काशीकी राजकुमारी मालिनीले बुद्ध धर्म ग्रहण गरेपछिको संघर्ष नाटकले प्रस्तुत गरेको छ ।

नाटकले मालिनीको दरबार छोड्नु पर्ने परिस्थिती, दरबार त्याग्ने बेलामा दिएको उपन्यास र उनीभित्र दरबारभित्र भएको शणयन्त्रलगायत समेटिएको छ । यो संसारमा धर्मभन्दा पनि ठूलो मानवता हो भन्ने सन्देश दिन खोजेको छ ।भरत गुरागाइँ, प्रज्जवल काफ्ले, गोमा पौडेल, सुरज माझी, प्रदीप सरदारलगायतका कलाकारको अभिनय रहेको नाटक सुदीपजंग कार्कीले निर्देशन गरेका हुन् । १ घन्टा समयावधिको नाटकको अनुवाद नेचुरल्ली दीपकले गरेका हुन् ।

भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा सुरु भएको बुद्ध थिएटर फेस्टिभल शनिबारसम्म चल्नेछ । फेस्टिभलको पाँचौं दिन बिहीबार अर्थात आज हङकङबाट सहभागी नाटक ‘सिद्धार्थ इन हङकङ’ मञ्चन हुँदैछ ।