रेशम चौधरी मन्त्री बन्ने संकेत

काठमाडौं । पाँच वर्षअघि टीकापुरमा दूधे बालकसहित सातजना प्रहरीहरुको ज्या न गएको घटनामा अदालतले दोषी ठहर्याएका जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाइने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादल माइतीघर मण्डलामा रेशम चौधरीको रिहाईको माग गर्दै जारी धर्नामा पुगेर त्यस्तो संकेत गरिसकेका छन् ।

बादलले मागप्रति सरकार सकारात्मक भएको र तत्काल वार्ता कमिटी बनाउन भनेका छन् । सरकारले पनि वार्ता कमिटी बनाएर अगाडि बढ्ने तयारी गरेको छ ।
चौधरीको मुद्दा फिर्ता लिएर रिहाई गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक भएका छन् । उनले जसपा नेतृत्वसँग पटक पटक यस विषयमा संवाद गरी प्रतिवद्धता जनाइसकेका छन् ।

रेशम चौधरीको मुद्दा फिर्ता गरेर रिहाई गरी मन्त्री बनाउनेसम्मको तयारी भएको बुझिएको छ । जसपाबाट सरकारलाई समर्थन प्राप्त भएमा १० भन्दा बढी मन्त्री बनाउन ओली तयार भएको विश्वस्त स्रोतले बताएको छ । त्यसका लागि पनि रेशम चौधरीको रिहाईबारे सरकारका सकारात्मक भएको छ । रिहाई मात्र नभई उनलाई नै मन्त्री बनाउनेमा समेत तयारी भइसकेको बुझिएको छ ।

७ भाद्र २०७२ मा टीकापुरमा थारुवान प्रदेशको माग गर्दै भएको आन्दोलनका क्रममा आन्दोलनकारीले ७ जना सुरक्षाकर्मीको ज्या ‘न ग’एको थियो । एकजना दुधे बालक समेतको ज्या ‘न ग’एको थियो । घटनामा तत्कालीन सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्ष्मण न्यौपानेसहितको टोलीले आन्दोलनकारीलाई टीकापुरस्थित सरकारी कार्यालयमा थारुवान प्रदेशको बोर्ड टाँ’स्न खोज्दा रोकेको थियो । सोही क्रममा झ’ड’प हुँदा यो घटना भएको थियो ।

घटनापछि रेशम चौधरी, लक्ष्मण थारुलगायतमाथि घटनाको अभियोगमा मुद्दा दर्ता भएको थियो । रेशम चौधरी भारतमा लुकेर चुनाव ल’डेका थिए । उनले गएको प्रतिनिधि सभा चुनावमा भारी मतले विजय हासिल गरेका थिए । तर, अभियोग लागेकाले उनी निलम्बित भएका थिए ।

जिल्ला अदालत कैलालीले २२ फागुनमा रेशम चौधरीसहित ११ जनालाई टीकापुर का’ण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । श्रोत रिपोर्टर्स कल्ब नेपाल