टेलिभिजन दुनियाँकी सर्वाधिक चर्चित अभिनेत्री रश्मि देसाई बेला बेलामा आफ्नो बोल्ड तस्बिरका कारण चर्चामा आइरहेकी हुन्छिन् । हालै मात्र पनि सामाजिक सञ्जालमा उनले आफ्ना केही बोल्ड तस्बिर सेयर गरेकी छिन् । जसले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ ।
तस्बिरमा उनको पहिरन निकै नै ओमन देखिएको छ । उनको यो तस्बिरमा अनेक खालका प्रतिक्रिया आइरहेका छन् । कसैले रश्मीलाई सुहाएको प्रतिक्रिया दिइरहेका छन् भने कत्तिले रश्मीको पहिरन निकै ओमन भएको भन्दै असन्तुष्ट जनाएका छन् ।
रश्मी पहिरनका कारण चर्चामा आएको यो पहिलो पटक भने होइन ।तस्वीरमा रश्मी निकै बोल्ड देखिएकी छिन् । हदेसम्म खुला पहिरनमा देखिएकी रश्मीको यो फोटोसुटका तस्वीरहरु सामाजिक संजालमा निकै रुचाइएका छन् । रश्मीले तस्वीरमा पहेंलो रंगको डीप नेक जम्पसुट लगाएकी छिन् । पहेंलो र कालो रंगको ओभरकोट पनि लगाएकी छिन् ।
फोटो शेयर गर्दै रश्मीले लेखेकी छिन् ‘हाम्रो पछाडि के छ, हाम्रो अगाडि के छ ? यो त्योभन्दा निकै सानो कुरा हो कि हामीभित्र के छ ? हामी कुनै पुतलीको सुन्दरता देखेर निकै खुसी हुन्छौं तर हामीले शायदै स्वीकार गर्न सक्छौं कि कस्ता परिवर्तन भोग्दै ऊ अगाडि बढिरहेको छ । बन्दरगाहमा एउटा जहाज सबैभन्दा सुरक्षित हुन्छ तर जहाज त्यहाँ राख्नका लागि बनाइएका हुँदैनन् ।’
यसअघि पनि बेला बेलामा उनी पहिरनका कारण चर्चामा आइरहेकी थिइन् । रश्मीले उत्तरन, दिल से दिल तक, नागिन ४ जस्ता चर्चित सिरियलमा काम गरेकी छिन् भने बिगबोस सिजन १३ मा पनि उनी सहभागी भएकी थिइन् । बिगबोस पछि उनको चर्चा थप चुलिएको थियो । तस्विरः सामाजिक संजाल बाट