विमला डाँगी बस्नेतलाई उनकै ससुराले मारे

ताप्लेजुङ जिल्लामा एउटा सुन्नै नसकिने घटना बाहिरीएको छ । त्यहाँ केही दिन अघि मृ त भेटिएकी पाथीभरा याङवरका–३ तिरिङ्गेकी ३६ वर्षीया विमला डाँगी बस्नेतलाई उनकै ससुराले मा रे को प्रहरीले बताएको छ ।

प्रहरीले घटनाको छानवीर गरेपछि यस्तो निष्कर्षमा पुगेको हो । बुधबार बेलुका उनको शव फेला परेको थियो । उनको काका ससुरा नाता पर्ने ३७ वर्षीय घनश्याम बस्नेतले घटना गराएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक मोहन पोखरेलले बताएका छन् ।

विमलाका श्रीमान् रामकुमार बस्नेतले प्रहरीमा जाहेरी दिएका छन् । उनको जाहेरीमा घनश्यामले घटना गराएको उल्लेख छ । बिमला र घनश्यामको घर नजिक नजिक छ । छिमेकीसमेत रहेका घनश्यामले डालेघाँस रुखबाट झा रि दिने भन्दै बिमलालाई बोलाएका थिए ।

पछि घरदेखि तीन सय मिटर दक्षिणपूर्वमा लगी विमलाको शव भेटिएको थियो । घनश्याम पनि घाँ टीमा पा सो लगाएको अवस्थामा मृ त फेला परेका थिए । विमलाको शव भेटिएको ८ सय मिटरमाथि उनको शव भेटिएको थियो ।

प्रहरीका अनुसार सासू, ससुरा र १३ वर्षीय छोरासँग विमला सँगै बस्दै आएकी थिइन । श्रीमान् ट्रक चालक छन् र उनी झापामा बस्छन् । विमलाको शव अलैंची बगानमा भेटिएको थियो । सांकेतिक तस्वीर