मुग्लिगं काठमाडौ सडक खण्डमा रहेको मोटि दिदिको सेलरोटी कथा हेर्नुहोस

केही दिन देखि सामाजिक सञ्जालमा चियावालीको नामले एउटा भिडियो निकै चर्चामा छायो । राती ३ वजे देखि नै सडकमा चिया बेच्ने काम गर्ने एक युवतीको वारेमा सामाजिक सञ्जालमा भाइरल भएको थियो । सानो काखे छोरीलाई पिठ्युमा बोकेर एक महिलाले गरेको संघर्षलाई भिडियोमा देखाइए पछि सबैले उनको संघर्ष मन पराए । अहिले उनी एउटा म्युजिक भिडिययोमा पनि खेलेकी छन् । उनको नाम श्रृष्टी हो । अहिले उनलाई धेरैको सहयोग पनि आउन थालेको छ ।

त्यस्तै संघर्ष गर्ने अर्की महिला पनि फेला परेकी छन् । मुग्लिगं काठमाडौ सडक खण्डमा रहेको यो पसल मोटी दिदीको सेलरोटी पसलले चर्चित छ । सबैले मलाई मोटि दिदी भन्छन् । मलाई खुसी नै लाग्छ उनले भनिन्, साना केटाकेटी देखि कपाल फुलेका सम्मले पनि दिदी नै भनेर बोलाउँछन् । उनले यो पसल गरेको १९ वर्ष भयो । उनले निकै मिठो सेलरोटी बनाउने गरेकी छन् । १७ वर्षको कलिलो उमेरमा श्रीमान गुमाएकी थिइन् । श्रीमानको निधन हुँदा ति त्यो छोरा ग र्भमा थियो ।

८ महिनाको ग र्भ हुँदा श्रीमानको निधन भएपछि उनले निकै संघर्ष गरेर त्यो छोरा जन्माइन्, हुर्काइन् अहिले त्यही छोराले पनि आफुलाई हेला गर्ने गरेको बताएकी छन् । श्रीमान जाँदा ८ महिनाको गर्भ थियो अहिले त्यो छोराले पनि हेर्दैन, उनले भनिन्, जुन दिन हात खुट्टा चल्छ त्यो दिन सम्म काम गरेर खान्छु । जुन दिन हातखुट्टा चल्दैन त्यो दिन वि ष खाने हो । मैले सिरानीमै ल्याएर राखेकी छु ।

उनले आफ्नो विवसता सुनाइन् । उनलाई एक महिनामा ४ हजार रुपैया औषधीमा खर्च हुने बताइन् । अहिले त्यो छोराले एक पटक फोन पनि गर्दैन । आधा रोटी हुँदा त्यो छोरालाई दिएर म भोकै बसेर हुर्काएको छोरा हो, तर बरु छिमेकी दिदी बहिनीले माया गरेर बोल्छन् तर आफैले त्यसरी संघर्ष गरेर हुर्काएको छोराले हेर्दैन । सडक दुर्घटनामा उनको श्रीमानको निधन भएको थियो ।

अहिले काम गर्न सक्ने हुँदा त गरेर जिवन चलाएकै छुँ तर वृद्ध अवस्थामा मेरो के हालत होला ? त्यो सम्झेर अहिले पनि म दुखी हुन्छ उनले भनिन् । १७ वर्षको उमेरमा श्रीमान गएपछि अहिले खुसी भएर हाँस्न पाएकी छैन । श्रीमानको परिवार पनि छन् तर सासु ससुराले भने माया गर्ने गरेको बताएकी छन् । वृद्ध सासु ससुराले बरु माया गर्नुहुन्छ आफैले जन्माएको छोराले वास्ता गर्दैन उनले भनिन् ।