काठमाडौ । तनहुँ व्यास नगरपालिकाकी अनिता थापा । उमेर २९ वर्ष मात्र छ । तर यिनको जिवनमा परेको दुख भने सागर भन्दा ठूलो छ । जिम्मेवारी पनि सगरमाथा जत्रै छ । आज भन्दा १२ वर्ष पहिले जसलाई उनले जिवनसाथी रोजेकी थिइन् ति पुरुषले नै आज धरधरी रुवाउलान् भन्ने कल्पना पनि गरेकी थिइनन् । गाउँकै पुर्णवहादुर थापासंग प्रेम विवाह भएको थियो ।
पूर्णवहादुर शसस्त्र प्रहरीका जागिरे थिए । गाउँमा सरकारी जागीरे भनेपछि छोरी दिन खोज्नेहरु धेरै हुन्थे । युवतीहरु पनि उनी प्रति छिटै आकर्षित हुन्थे । ति मध्य अनिता पनि एक थिइन् । पुर्णवहादुरले पनि सबै युवतीलाई छोडेर अनितालाई मन पराए । अनिता पनि निकै सुन्दर थिइन् । अनुहारको सुन्दरता भन्दा पनि अझै निश्चल थियो उनको मन ।
उनीहरुको विवाह भयो । विवाह भएको केही समयमा पहिलो सन्तानका रुपमा छोरी जन्मिइन् । घरमा लक्ष्मीको आगमन भयो भनेर सबै खुसी भए । पूर्णवहादुर जागिरे जिवन भएका कारण कहिले काँही घर आइरहन्थे । जव अनिताले दोस्रो सन्तानका रुपमा पनि छोरी जन्माइन् त्यसपछि उनी प्रतिको ब्यवहार फेरीन थाल्यो ।
पहिलो सन्तानलाई लक्ष्मीको आगमन भनेको उनको परिवारले दोस्रो सन्तान पनि छोरी भएपछि त्यही अनुसार लिन सकेन । श्रीमानले मात्र होइन परिवारले पनि उनी प्रति हेर्ने ब्यवहार फेरीयो ।
फेरी पनि अनिता र पूर्णवहादुरले तेस्रो सन्तान जन्माउने योजना बनाए । तेस्रो सन्तान पनि जव छोरी नै जन्मिइन् त्यसपछि भने अनिताले कल्पनै गर्न नसकिने घटना उनको जिवनमा भयो । घरमै जव अर्को महिला ल्याए उनलाई सासु ससुराले पनि साथ दिएनन । सासुलाई सोध्दा छोराले साथी हो भनेको थियो भनेर टारिन् ।