बलिउड अभिनेत्री सारा अलि खानले हालै नयाँ डिजाइनको लुगाहरु लगाएर सामाजिक संजालमा पोस्ट गरेकी छिन्। वास्तवमा सारा अली खानले चर्चित डिजाइनर मनिष मल्होत्राको ब्याकलेस ड्रेस (ब्याकलेस लेहेङ्गा ब्लाउज) लगाएकी छिन् । त्यसपछि सोसल मिडिया प्रयोगकर्ताले उनको बेस्सरी ट्रोल गरेका छन् । यसका साथै प्रयोगकर्ताले मनिष मल्होत्रालाई पनि ट्रोलिङ गर्न छोडेनन् ।
सेलिब्रिटी फोटोग्राफर विरल भयानीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा तीन तस्बिर सेयर गरेका हुन् । पहिलो तस्बिरमा उनी ब्याकलेस लेहेङ्गा ब्लाउजमा आफ्नो पिठ्यूँ देखाइरहेकी छिन् । दोस्रो र तेस्रो तस्बिरमा उनले भिन्न भिन्न पोज दिइरहेकी छिन् । विरल भयानीले आफ्नो पोस्टमा सारा अली खानले मनिष मल्होत्राद्वारा डिजाइन गरिएको ड्रेस लगाएको जानकारी दिएका छन् ।
साराको सेतो ब्लाउजसहितको ड्रेस भाइरल बनेको हो। उक्त तस्बिर पोस्ट भएसँगै उनका फ्यानहरुले सो लुगा कसरी शरीरमा अडियो भनेर प्रश्न गरिरहेका छन्। साराले सोही ड्रेसमा एउटा भिडिओ पनि सार्वजनिक गरेकी छिन् जहाँ उनको ड्रेस कसरी अडिएको रहेछ भनेर प्रस्ट देख्न सकिन्छ।