नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५३०१३ पुगे

काठमाडौं । नेपालमा आज देशभर १ हजार २०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम आज देशभर सो संख्यामा संक्रमित थपिएका हुन।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ। यस्ते आज थप ११४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५३०१३ पुगेको छ। यो कुल संक्रमितको ७३.८ प्रतिशत हो।

मन्त्रालयका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४६७ पुगेको छ।

हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा भने १० हजार ५ सय ८ जना छन्।