नेपाली बजारमा सुनको मुल्य तोलामा ९ सय रुपैंयाले बढे

काठमाडौं। साताको कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मुल्य तोलामा ९ सय रुपैंयाले बढेको छ।

आज सुन तोलामा ९ सय रुपैंयाले बढेर प्रतितोला ८७ हजार ४ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

यसअघि हिजो सुन तोलामा ८६ हजार ५ सय रुपैंयामा कारोबार भएको थियो।

यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ९ सय ५० रुपैंयामा कारोबार भइरहेको छ।

आज चाँदीको मुल्य पनि तोलामा ३० रुपैंयाले बढेको छ। चाँदी प्रतितोला १२ सय ४० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ।