गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था मन्त्री लेखबहादुर थापा मगरले राजीनामा दिएका हुन् ।
माओवादी सरकारबाट बाहिरिएपनि समर्थन फिर्ता लिने÷नलिने विषयमा अहिलेसम्म कुनै निर्णय गरेको बाहिर आएको छ । तर माओवादीले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार सुरक्षित रहेको छ । राष्ट्रिय जनमोर्चाको समर्थन सरकारलाई कायमै रहेसम्म गुरुङ सुरक्षित छन् ।
गण्डकीमा सरकार बनाउन ३१ सांसद आवश्यक पर्छन् । ६० सदस्य रहेको प्रदेश सभामा एमालेका २८ सांसद छन् । जनमोर्चाका ३ सांसदले समर्थन कायम राख्दा सरकार ढल्ने अवस्था छैन । प्रदेश सभामा माओवादीका १२ र नेपाली कांग्रेसका १५ सांसद छन् ।