लेटाङ , २५ चैत । लेटाङ नगरपालिका वडा नं ४ को वडा कार्यलयको भवन आज सिलन्यास गरिएको छ । वडा नं ४ को कार्यलय भवन नभएर नगरपालिकाकै एक कोठामा कार्यालय सन्चालन गरिरहेको अवस्थामा आज वडा नं ४ को भवन सिलन्यास गरिएको लेटाङ नगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष सन्तोस कार्किले जानकारी दिनुभयो ।
उक्त भवनको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सिलन्यास गर्नुभयो । लेटाङ नगरपालिकाको ३२ लाख र जिल्ला समन्वय समिती मोरङको ५० लाख गरि ८२ लाखको लागतमा वडा कार्यालयको आधुनिक भवन निर्माण हुने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
अनलाईन ठेक्का प्रणाली मार्फत बाराजी कन्ट्रक्सन द्वारा निर्माणको जिम्मा पाएको उक्त भवन २०७८ असार मसान्त सम्ममा निर्माण गरिसक्ने सम्झौता भएको प्रमुख प्रसासकिय अधिकृत अच्युत प्रसाद दाहाल ले जनाउनुभयो ।
सिलन्यास कार्यक्रममा लेटाङ नगरउपप्रमुख कृष्ण कुमारी निरौला , प्रमुख प्रसासकिय अधिकृत अच्युत प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो