बौद्ध भिक्षुले तीन वटा कपडा मात्र राख्ने नियमहरु

भगवान गौतम बुद्धले भिक्षु बन्नका लागि बनाएका केही नियमहरु जुन बिनय पिटक अन्तर्गत पर्दछ।
१) जुनसुकै उमेरका व्यक्तिलाई पनि बौद्ध भिक्षु बन्न बन्देज लगाइएको पाइदैन तर बौद्ध भिक्षु बन्न माता पिता र परिवारको सहमति भने अवस्य चाहिन्छ।

२) बौद्ध भिक्षु बन्न सर्वप्रथम दिक्षा लिनु अत्यन्त जरुरी हुन्छ। सांसारिक सम्बन्ध र जीवन त्यागी कुनै बौद्ध गुरुबाट बिधिवत रुपमा दिक्षा ग्रहण गरी बौद्ध भिक्षु बन्न सक्छ।

३) बौद्ध धर्मको शुरुवाती चरणमा महिलाहरुलाई विहारमा प्रवेश निषेध गरिएको थियो भने कालान्तरमा महिलाले पनि विहारमा दिक्षा ग्रहण गर्ने अनुमति मिल्न थाल्यो।

४) बौद्ध भिक्षुको भोजन भिक्षामा नै निर्भर हुने गर्दछ । बौद्ध भिक्षुले कुनै पनि चिजको खरिद गर्न बन्देज लगाइएको छ। भिक्षुले ती चिजको मात्र उपयोग गर्न पाइन्छ जुन दानमा पाइएको छ।

५) कुनै कुनै ठाउँमा बौद्ध भिक्षुले बिहानको समयमा मात्र ठोस आहारा लिन सकिने बताइएको छ भने बाँकी समय तरल भोजनमा नै रहनु पर्ने व्यवस्था उल्लेख गरिएको पाइन्छ।

६) बौद्ध भिक्षुले तीन वटा कपडा मात्र राख्ने अनुमति दिएको पाइन्छ। दुई वटा शरीरमा लगाउन भने एक सुत्ने वेलामा ओडन। यी तीनै कपडा कसैले त्यागेको वा दानमा प्राप्त गरेको हुनुपर्ने छ। भिक्षु आफैले भने कपडा खरिद गर्न बन्देज लगाइएको छ।

७) बौद्ध भिक्षुको सबैभन्दा ठूलो कर्म भनेको ध्यान गर्नु हो। आफ्नो साधाना र समाधीलाई कुनै पनि अवस्थामा छोड्न मिल्दैन।
८) समाधी प्राप्त गर्न नियमित रूपमा ध्यान गर्न जरुरी देखिन्छ। स्वाध्याय एवम् परम अवस्थाको प्राप्त गर्नु नै यिनको लक्ष्य हुन आउँछ।
९) बौद्ध भिक्षुलाई प्रशिक्षणको क्रममा अलग अलग ठाउँमा ध्यान गर्नु पर्ने हुन्छ । जस्तै: धेरै ठन्डी या धेरै गर्मी ठाउँहरूमा र सुनसान एवम् धेरै भीडभाड ठाउँहरुमा ध्यान गर्नु पर्ने हुन्छ।