बहुबिबाहको फरार अभियुक्त कुमाल पक्राउ

गोरखा २७, चैत । गोरखा जिल्ला अदालत गोरखाबाट कैद सजायको फैसला भएका एक फरार रहेका व्यक्तिहरुलाईप्रहरीले पक्राउ गरेको छ । कैद सजाय पाई फरार भएका अभियुक्तहरुको खोजी कार्य तिव्र पारेको गोरखा प्रहरीले अदालतको फैसला कार्यान्वयनको सिलसिलामा ११ महिना ११ दिन कैद तोकिएका बहु बिवाह मुद्दाका फरार अमृत कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिका वडा नम्बर १२ बस्ने बर्ष ३२ का कुमाललाई बुधबार गरेको हो । पक्रउ परेका कुमाललाई कैद र जरिवाना असुल उपरको लागि सम्मानित गोरखा जिल्ला अदालत गोरखा पठाइएको र सोही दिन अदालतको आदेशले निज अमृत कुमाललाई कैद भुक्तानको लागि कारागार कार्यालय गोरखामा पठाईएको जनाइएको छ ।