गुण्डागर्दी गरेको आरोपमा प्रहरीले राम पुलामी पक्राउ

नुवाकोट, २८ चैत । काठमाडौंमा रहेर गुण्डागर्दी गरेको आरोपमा प्रहरीले नुवाकोटका एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका-३ घर भई काठमाडौं मनमैजु बस्ने ३७ वर्षीय राम पुलामी भनिने सीताराम पुलामी मगर छन्।

उनलाई परिसरले शुक्रबार पक्राउ गरी हिरासत लिइएको परिसर प्रवक्ता रमेशकुमार बस्नेतले बताए। उनी टिकाराम र राम पुलामी बताउँदै गुण्डागर्दीमा संलग्न रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

मनमैजु चोकमा उनी बर्गर हाउस र नुवाकोटमा निर्माण सेवा कम्पनी सञ्चालन गर्दै आइरहेका थिए।

निर्माण सेवामा समेत रहेर ठेक्कापट्टामा धम्क्याउने जस्ता कार्य गरेको परिसरको भनाइ छ। उनीविरूद्ध नुवाकोटमा विभिन्न शीर्षकमा ६ वटा दर्ता छन्। जसमध्ये दुई वटा मुद्दाको अनुसन्धान भइरहेको परिसरले जनाएको छ।