“आमा ” सन्सार को सबैभन्दा राम्रो शब्द कुनै छ भने त्याे हाे ” आमा ” एउटा अशल सन्तान ले जहिले पनि भन्ने गर्दछ आमा इश्वर को रुप हो ।सन्तान लाई जन्म दिन ,हुर्काउन ,बढाउन शिक्षा दिन हजारौं चोट खान लाई सजिलोसँग सहन तयार हुने नाम हाे “आमा” ।
कसैको प्रश्न हुन सक्छ ? सन्सार मा निस्वार्थ प्रेम कस्को छ ?अनि कस्ले गर्छ ???तर सजिलो उतर छ आमा । साच्चै आमा भन्दा प्यारो अनि माया ममता कि खानी सन्सार अरु कोहि हुन सक्दैन।
थाहा छ आमा को दुध चर्कियो भने आमा आफ्नो सन्तान बिमारी पर्ने चिन्ता मा छट्पटीन्छिन। आमा शब्द को बर्णन गरेर हामी अपुर्ण हुन्छाैँ ।
तेस्तै यो हप्ता पुर्ब प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माअाेबादी) केन्द्रका अध्यक्ष पुस्पकमल दहाल प्रचण्ड कि छोरी रेनु दहाल ले पोस्ट गरेको तस्बिर ले सारा नेपाली को मन मस्तिष्क लाई छोएको छ ।
तस्वीर मा रेनु , गंगा र आमा लाई देखाइएको छ ।अहिले त्यो तस्बिर सामाजिक सन्जाल मा जताततै छायको छ ।धेरै जसो मानिस हरुले त्यो तस्बिर लाई सकारात्मक कमेन्ट गरेका छ्न भने केहि मानिस हरु ले नकारात्मक खाल्को टिक्काटिपनी गरेका छन ।तर एक हिसाब ले हेर्दा प्रचण्ड पत्नी सिता दाहाल लाई स्वस्थ्यलाभ को कामाना गर्ने र दुख व्यक्त गर्ने जमात बढी देखिएको छ।
तर राजनैतिक हिसाब ले हेर्दा धेरै मानिस ले प्रचण्ड ले गरेको पाप ले गर्दा ,प्रचण्ड को कुकर्म को फल सम्म भन्न भ्याएका छन् । तर मानवीय हिसाब ले हेर्दा येस्तो टिक्काटिपनी यो अबस्थामा गर्नाले मानविय भावना मा कम आयको होत ? भन्ने गम्भीर प्रश्न जनमानसमा आउछ ।
प्रचण्ड को राजनैनिक जीवन र उहाँको पत्नी को रोग लाई लिएर टिप्पणी गर्न खासै सकारात्मक हैन । यो अबस्थामा हामीले राजनीति र अन्य बिषय लाई लिएर उहाको स्वस्थ लाभ को सट्टा उहालाई नकारात्मक टीकाटिप्पणी गर्न त्यति उपयुक्त मन्निन्न।
जे होश प्रचण्ड ले गरेको नकारात्मक काम लाई मात्र हैन तर सकारात्मक काम को प्रसंशा र कदर गर्ने परिपाटी बसाअाैँ । हाे काम गर्ने क्रम मा प्रचण्ड बाट केही कमि कम्वाेरि त पक्कै भयाे तर जसले काम गर्छ भने उसकाे गलत पनि निस्किन्छ र अन्य नेता हरुकाे पनि गलत कार्यहरु सर्वब्यतित नै छ।
यसर्थ बितेकाे दिनहरुलाई बिर्सिँदै अाउदा दिनहरुमा असल कामकाेलागि सबै सचेत रहाैँ। अन्तमा फेरि पनि प्रचण्ड पत्नि सीता दाहाल काे सिघ्र स्वास्थ्यलाभ को कामाना ।।।