काठमाडौ । आफ्नो बारेमा अनावश्यक समाचार बनाएर च रि त्र हुरुण गरेको भन्दै नायीका शिल्पा पोखरेल टेलिभिजन कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी विरुद्ध उजुरी दिन प्रहरी कार्यालय पुगेकी छन् । उनको मु द्दा अहिले अदालतमा विचाराधिन छ । श्रीमान छवि ओझासंग उनका ४ वटा मु द्दा अदालतमा विचाराधिन छन् । सोही विषयलाई लिएर प्रकाशले आफ्नो एउटा कार्यक्रम बनाएका थिए । रजतपट कार्यक्रमा शिल्पाको वारेमा मात्रै धेरै कुरा समेटिएको थियो ।
शिल्पा र छविको स म्ब न्ध विुच्छेुदको विवाद अदालतमा विचाराधिन छ । शिल्पाले कार्यक्रम प्रशारण गरेको एपी वान टेलिभिजनमा पनि शिल्पाले निवेदन दिन गएकी छन् । उनले आफ्नो बारेमा समाचार प्रसारण भैसकेपछि अरुले फोन गरेर तपाईको बारेमा कार्यक्रम प्रशारण भएको जानकारी दिएको बताइन् । उनले युट्युववमा आए पछि मात्र आफुले हेर्दा छक्क परेको बताइन् । उनलाई फिल्म निर्माता सानु खत्रीसंग नाम जोडेर च रि त्र हुर ण गर्ने प्रयास गरिएको थियो ।
त्यस्तो कुरा प्रशारण भएपछि सोनुको श्रीमती कोमल खत्रीले पनि स्पष्टिकरण दिँदै भिडियो प्रसारण गरेकी छन् । केही वर्ष अघि कोमल र सोनुबीच समझदारी नभएर सोनु डिप्रेशनमा गएको शिल्पाले बताइन् । डिप्रेशनमा गएको बेलामा बनाएको भिडियो उनले फेसवुकमा राख्ने वित्तिकै कोमलले आफैलाई नराम्रो लागेपछि हटाएकी थिइन् । कोमलले हटाइसकेको भिडियो प्रकाशले कसरी प्राप्त गरे रु यो पुरै नियोजित थियो, शिल्पाले भनिन्, कोमलले त्यो भिडियो हटाइदिनुस् भनेर कोमलले बारम्बार फोन गर्दा प्रकाशले प्रतिकृया नदिएको शिल्पाको भनाई छ ।
कोमललाई प्रकाशले शिल्पाको बारेमा नराम्रो भनेर भिडियो बनाएर पठाइदिनु भनेर बारम्बार फोन समेत गरेको कोमलले पनि बताएकी छन् । शिल्पाले च रि त्र हुर ण गर्नकै लागि आफ्ना बारेमा मात्र एउटा कार्यक्रम नै बनाइएको बताएकी छन् । शिल्पा पोखरेल कलाकार संघ, प्रेस काउन्सिल, महिला आयोग, माइती नेपाल र नेपाल पत्रकार महासंघमा पनि उजुरी दिन पुगेकी छन् ।