कोभिड-१९ बाट सुर्खेतमा एक जनाको महिलाको मृत्यु भएको छ। भेरीगंगा नगरपालिका-६ की ७२ वर्षीया महिलाको शनिबार दिउँसो सवा १ बजे कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार शुक्रबार दिउँसो उनलाई अस्पताल भर्ना गरिएको थियो।
स्वासप्रश्वासमा समस्या आएपछि उनलाई आफन्तले अस्पताल पुर्याएको महाशाखाका स्वास्थ्य शिक्षा अधिृकत नवराज कँडेलले जानकारी दिएउनलाई निमोनिया र मस्तिष्कघात समेत रहेको अस्पतालले जनाएको छ। ती महिलालाई शनिबार बिहान ५ बजेदेखि आइसियूमा राखिएको थियो। शनिबार बिहान नै उनको स्वाब संकलन गरिएको थियो।
ती महिलाको नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन गरिएको कँडेलले जानकारी दिए। महाशाखाका अनुसार यो सहित हालसम्म कर्णाली प्रदेशमा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ।।