ए काली भागौँ यसपालि-माग्‍ने बुढा

केदार घिमिरे ‘माग्‍ने बुढा’ र वर्षा राउत अभिनित ‘ए काली भागौँ यसपालि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा माग्‍ने बुढा र वर्षाको प्रेमलाई देखाइएको छ ।

भिडियोमा माग्‍ने बुढाले वर्षालाई भागेर विवाह गर्न आग्रह गरिरहेका छन्, वर्षाले भने स्वीकारेकी छैनन् । गीतमा महेश भण्डारी र स्मिता दाहालले स्वर दिएका छन् । गीतको शब्द तथा संगीत दीपक आचार्य ‘काकु’ले गरेका हुन् । आचार्यले पहिलो पटक गीतको शब्द तथा संगीत तयार गरेका हुन् ।

भिडियोमा यमन श्रेष्ठ, सन्देश लामिछाने, सुरेश थापा, निशान बजगाईं, भीमबहादुर श्रेष्ठको पनि अभिनय रहेको छ । दीपक आचार्यकै निर्देशन रहेको भिडियोलाई सुरेन्द्र बसेलको करियोग्राफी गरेका छन् ।

हरि हुमागाईं र अमेरिकामा नीरज रन्जितले खिचेको भिडियोको सम्पादन तथा कलर सुप्रिम पराजुलीले गरेका छन् ।