गर्भबारे प्रश्न गर्दा आफ्नै १३ बर्षिय भाइलाई देखाए

सल्यानमा एक १६ बर्षिया किशोरी ग’र्भवती भएको पाइएको छ । उनको आठ महिनाको ग’र्भ रहेको पाइएको हो । उनलाई गर्भबारे प्रश्न गर्दा आफ्नै १३ बर्षिय भाइलाई देखाएकी छिन् ।

अहिले आफ्नै दिदीलाइ यस्तो गरेको भन्दै ती १३ वर्षीय भाइलाइ प्रहरीले प’क्राउ गरेको छ । गत साउन महिनामा घरमा दुई दिदी बहिनी र भाइ एउटै कोठामा भएको अवस्थामा घटना भएको बुझिएको छ ।

यो घटनाबारे किशोरीले कसैलाइ केही जानकारी दिएकी थिइनन् । किशोरीको बढेको पेट र अ’स्वभाविक ब्यवहारका कारण परिवारले आठ महिनापछि मात्र थाहा पाएको थियो । त्यसपछि यो घटना सार्वजनिक भएको हो ।

घटना बाहिरिएपछि परीवारले फागुन २६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा जा’हेरी दिएका छन् । उनीहरूको चार भाइ बहिनी सहित ६ जना रहेको छ । जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण वलीले जानकारी दिए ।

प्रहरीले ती बालकलाइ फागुनमा २६ गते प’क्राउ गरेर अनुसन्धान गरिरहेको रहेको जनाएको छ । हामीले घटना बारे थप अनुसन्धान गरी रहेका र्छौ, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण वलीले भने,अनुसन्धान पुरा भएपछि थप जानकारी दिने छौं ।

फोन गर्न रुखका टुप्पामा !

हुम्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिकामा रहेको टेलिफोन सेवाले पछिल्लो समय काम गरेको छैन । गाउँमा टेलिफोनले काम नगर्दा गाउँबाट करिब दुई घण्टाको पैदलको बाटो हिँडेर यहाँका नागरिक फोन सम्पर्कमा जोडिने गरेका छन् ।

दैनिक दुई घण्टाको पैदल हिँडेर डाँडामाथि रुखमा चढेर फोन गर्न बाध्य भएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले जानकारी दिए ।

भौगोलिक हिसाबले ठूलो र धेरै खोल्साखोल्सी भएको उक्त गाउँपालिकामा एकमात्र नेपाल टेलिकमको टावर मेल्छाम–५ मासीधारमा ०६६।०६७ सालमा बनेको थियो । उक्त टावर कम क्षमता भएकाले सीमित मात्रामा टेलिफोन हुने गर्दथ्यो । उनले टावर अहिले आएर पूर्णरुपमा बन्द हुँदा दुई घण्टाको पैदल बाटो हिँडेर रुखको टुप्पोमा गएर फोन गर्न बा ध्य भएको बताए ।

टेलिफोन नभए पनि इन्टरनेट सेवा अत्यन्तै सुस्त छ । त्यो पनि सबै नागरिकको पहुँचमा पुगेको छैन । उनले भने, “स्थानीयको त कुरै नगरौँ आफूसमेत दुई घण्टाको बाटो हिँडेर अग्लो ठाउँमा गएर फोन गर्नुपर्छ” । त्यो पनि घाम लागेको बेला काम गर्छ घाम नलागेमा वर्षा, हावा, हुरी लागेमा र हिमपात भएमा त त्यो पनि ठप्प हुन्छ ।”

उनले धेरै पटक सञ्चार मन्त्रालय र नेपाल टेलिकम धाउँदा धाउँदा हैरान भइसकेको बताए ।