८ बैशाख, काठमाडौ । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।
नेपालले फाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।खेलमा नेदरल्यान्ड्सले मलेसियालाई जितका लागि १३ ओभरमा १ सय २० रनको लक्ष्य दिएको थियो ।
तर, मलेसियाले जवाफी ब्याटिङ गरिरहँदा वर्षाले पुनः खेल रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा मलेसियाले डीएलको आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो ।
९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले १० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल बराबरी भएको थियो ।
यस अघि वर्षाको कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । तर, डीएल पद्दतिको आधारमा मलेसियाले १ सय २० रनको लक्ष्य पाएको थियो ।
अब लिगको अन्तिम खेलमा बिहीबार नेपाल र मलेसिया भिड्ने छन् ।