शिशिर भण्डारीको पछिल्लो गीत फोटो फिरिममा २ गीत बिवादमा परेको छ । फोटो फिरिममा २ रुमाल चिनो छको पछिल्लो हरफ मायाको सम्झना फिर्ता दिनु छ, पुरानो लोकप्रिय गीत औंठी चिनो छ, मायाको सम्झना फिर्ता दिनु छसँग मिलेपछि शिशिर तनावमा छन् ।
टिकटकमा यि दुई गीतहरुका अंशहरुलाई जुधाएर धेरैले हालेका छन् । यस बिषयमा शिशिर भण्डारीले आफ्नो मत राखिसकेका छन् । उनले नेपाली गीतहरुका केहि शव्दहरु यस अगाढी धेरै गीतमा मिलेको र अहिले पनि धेरै गीतका शव्दहरु मिल्ने बताए । आफुले जानेर उक्त गीतबाट यस गीतको लागि शव्द नकोरेको उनको भनाई छ ।
पुरानो गीतलाई सुर्य कुमार क्षेत्रीले लेखेका थिए, जो अहिले स्वर्गिय भइृसक्नु भएको छ । शिशिरले गीतको शव्द जुध्दा सम्बन्धित श्रष्टालाई परेको असरप्रति क्षमा मागेका छन् । शशिरिले दर्शक, श्रोताहरुसँग राय, सल्लाह लिदै यस गीतमा आफुले गर्नुपर्ने सुधारहरुका बारेमा आफु तयार रहेको बताएका छन् । भिडियो हेर्नुस