काठमाडौं । नेपालको चर्चित रियालिटी सो दि भ्वाइस अफ नेपालमा रामेछापकी चेली सुजिता योञ्जनले आजबाट सुरु भएको ब्याट राउण्ड पार गर्न सफल भएकी छिन् । कोच दिप श्रेष्ठकाे मन जित्दै उनी ब्याट राउण्ड पार गर्न सफल भएकी हुन।
रामेछाप दोरम्बा गाउँपालिका–५ गुन्सालस्थित धारापानी निवासी योञ्जन सानैबाट गीत संगीतमा रुची राख्दै आएकी थिइन । दि भ्वाइस अफ नेपालको सिजन सिजन ३ मा योञ्जन छनोट भएकी उनले आज ब्याटल राउण्ड पार गरेपछि आफू निकै खुसी भए।
हिमालय टिभीमा प्रशारण भएको भ्वाइस अफ नेपाल–३ ब्लाइन्ड अडिसनको पहिलो एपिसोडबाटउनले मनिला सोताङको ‘दुख्छ छाती,पोल्छ मुटु’ बोलको गीत गाएकी उनलाई कोच दिप श्रेष्ठले आफ्नो टिममा आवद्ध भएकी थिइन ।
योञ्जनले ब्याटल राउण्डमा आफ्ना प्रतिस्पर्धी विवेक रुचाललाई पछि पार्दै कोचको मन जित्न सफल भएकी हुन् ।