कोच राजु तामाङको स्टीलमा नुवाकोटका ध्रुव तामाङ

१९ बैशाख , काठमाडौँ । नुवाकोट विदुर नगरपालिका -७ टुप्चे निवासी गायक ध्रुव तामाङ `द भोइस अफ नेपाल´ को सिजन -३ ब्याटलमा पछिल्लो समयमा चर्चित गायक तथा संगीतकार उर्गेन दोङको ` टाढा भएपनी´ बोलको गीत दीक्षा थापा र ध्रुव तामाङ बिच भएको थियो।

उक्त प्रस्तुतिमा दुबैको प्रस्तुति एकदमै राम्रो भएपनि नकअाउट राउन्डमा दिक्षा प्रबेश गरे। ध्रुव तामाङलाई कोच राजु लामाले स्टील गरेर लिएर नकाउट राउन्डमा प्रवेश गरेका छन् ।

स्टील भएर कोच राजुको टिममा पुगेका ध्रुव भन्छन् ´जोजो ले स्टील गरेर आफ्नो टिममा लिँदा एकदमै खुसी भए । उहाँलाई सम्मान स्वरुप तामाङ पहिचान बोकेको मेरो टोपी निकालेर लगाइदिए ।

हाल नेपालटारमा बस्दै आएका ध्रुव सानैदेखी गीत, संगीतमा रुचि राख्थे । उनले सन् २०११ मा जिल्ला स्तरिय गायन प्रतियोगिता र २०१३ मा रास्ट्रीय स्तरको गायन प्रतियोगिता `स्वर संग्राम´ मा जित हाँसिल गरिसकेका छन् ।