एजेन्सी । विवादास्पद ट्वीट र तस्बिर सार्वजनिक गरेपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र ट्वीटर बन्द भएको छ । ट्वीटर र फेसवुकले प्रतिबन्ध गरेपछि ट्रम्पले आफ्नै वेबसाइट ‘लन्च’ गरेका छन्। उनले आफ्ना गतिविधिलाई सार्वजनिक गर्ने ‘डोनाल्डजेट्रम्प डटकम/डेस्क’ मंगलबार सार्वजनिक गरेका हुन्।
परिस्कृत ब्लगको रूपमा व्याख्या गरिएको ट्रम्पको वेबसाइट खोल्दा उनले डायरीमा केही लेखिरहेको सानो उनको तस्बिर देखिन्छ। उनको तस्बिमुनि अमेरिकालाई फेरि विशाल बनाउनेमा विश्वास गर्ने बताइएको छ। साथै प्रयोगकर्तालाई जोडिन पनि आग्रह गरिएको छ।
वेबसाइटमा आधा मिनेटको भिडियो राखिएको छ। भिडियोमा ट्वीटर र फेसबुकले प्रतिबन्ध लगाएको कुरादेखि अमेरिकालाई जोगाउन आग्रहसहितको नारा रहेको वेबसाइटको जानकारी रहेको छ। त्यसमुनि ट्रम्पका भनाइ तथा उनका विचारहरू क्रमशः राखिएका छन्।
ट्रम्पका भनाइलाई ट्वीटर र फेसबुकमा सेयर गर्न मिल्ने गरी ‘आइकन’ राखिएका छन्। तर त्यसमा कसैले पनि कमेन्ट तथा जवाफ फर्काउन पाउने छैनन्।