काठमाडौ । शिक्षकलाई बाबुआमा पछिको सम्मानित दर्जा दिइन्छ । तर केही शिक्षक भने यस पेशालाई नै बदनाम बनाउन लागि परेका छन् । यस्तै एक शिक्षकले आफ्नै छात्रामाथि नराम्रो काम गरेको पाइएको छ । आफ्नै चौध वर्षीया किशोरी छात्रालाई होटलमा लगेर दुई दिनसम्म अनैतिक काम गरेको आरोपमा ती शिक्षक अहिले पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भिमेश्वर नगरपालिका ९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान पक्राउ गरेको हो । सुन्धारास्थित ढोरपाटन होटलमा ती बालिकालाई लामाले लगेर २ दिनसम्म राखी धेरै पटक त्यस्तो काम गरेको प्रहरीले जानकारी दिएको छ ।
उनले किशोरीको मन्जुरी बिनै ल्याएर, ब ल प्रयोग गरी त्यस्तो गरेको भन्ने उजुरी गरेको थियो । त्यसपछि महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । लामाले आफै विद्यार्थीलाई काठमाडौं ल्याएर होटलमा लगेर त्यस्तो गरेको स्वीकार गरेका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
‘यो अर्को समाचार, नेपालमा कोभिड महामारी भयावह बनेको’ सीएनएनको मुख्य खबर
नेपालमा कोरोना भाइरसको महामारी भयावह बन्दै गएको खबर सीएनएनले प्राथमिकताका साथ प्रशारण गरेको छ । सीएनएनको टेलिभिजन र अनलाइन संस्करणमा मुख्य खबर नै बनाएर सीएनएनले नेपालमा बढ्दो महामारीबारे प्रसारण तथा प्रकाशन गरेको छ ।
कोभिड १९ को संक्रमित ह्वात्तै बढेको, अस्पतालहरु भरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले अरु देशहरुसँग सहायता मागेको सीएनएनले उल्लेख गरेको छ । नेपाल र भारतमा महामारी उस्तै देखिएको खबर छ । भारतमा दुई हप्ता अघिको संक्रमित दर र नेपालमा त्यसपछिको संक्रमित दर उस्तै रहेको उल्लेख छ ।
सीएनएनले भारतसँगको खुल्ला सीमाका कारण पनि कोरोना भाइरसको फैलिएको विषय उल्लेख गरेको छ । राजधानी काठमाडौं , सगरमाथाको आधार शिविरमा पनि कोरोना भाइरस फैलिएको विषय प्रसारण गरेको छ । सरकारले उचित व्यवस्थापन गर्न नसकेकाले जनतामा आ क्रो श बढेको भनिएको छ ।