सिन्धुपाल्चोक । नागपुजे / नेपाली काँग्रेस जिल्ला कार्य समिति तथा काँग्रेस र यससंग आबद्ध भातृसंस्थाका नेताहरुले बाह्बिसे नगरपालिका ७ नागपुजे, भीरर्खक लगायतका पहिरो पीडितलाई नगद, खाद्यन्न, भाँडाकुडाँ, सोलार लगायतका सामाग्री बुधबार सहयोग गरेका छन् ।
नेपाली काँग्रेस पूर्व जिल्ला सभापति भूपेन्द्र थापाका अनुसार मृतक परिवार र पहिरोबाट अति प्रभावित २६ परिवारलाई चार हजार नगद, एक बोरा चामल, दाल, तेल, नुन, सोलार, भाँडाकुडाँ, पोलार, ट्रयाकसुट लगायतका सामाग्री काँग्रेसले सहयोग गरेको हो ।
नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामाको नेतृत्वमा ८४ परिवारलाई १ हजारका दरले नगद, २६ परिवारलाई दुई हजारका दरले नगद बितरण गरेको नेपाल बिद्यार्थी संघका केन्द्रीय महामन्त्री तथा सिन्धु काँग्रेसका नेता बलदेव तिमल्सिनाले जानकारी दिएका छन् । फुल्पिङकोट गाँउ इकाई सभापति गोबिन्द कार्की र काँग्रेस नेता कृष्ण न्यौपानेले २६ घरलाई दुई, दुई हजारका दरले नगद सहयोग गरेका छन् ।
आज बितरण गरिएको खाद्य सामाग्रीहरु २५ किलोको एक, एक बोरा चामल, दाल, तेल, नुन लगायतका खाद्यन्न लामा गुरु सोनाम वाङचे लामा, पूर्व सभापति थापा, महासमिति सदस्य तथा नेपाल तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामाले सहयोग गरेका थिए ।
प्रति सेट १० हजार पर्ने सोलार बत्ती नेबिसंघ महामंत्री तिमल्सिनाले उपलब्ध गरेका थिए । सो सोलार बत्री सनसाइन इनर्जी प्रा. लि, नेपाल उर्जा बिकास कम्पन्नी, शिखर रिन्युबल इनर्जी प्रालिले उक्त सहयोग गरेको थियो । नेपाल महिला संघ सिपाकी अध्यक्ष गीता नेपाल पहलमा भक्तपुर नेपाल महिला संघकी अध्यक्ष सरु बानियाँ, नेपाल महिला संघ धादिङकी अध्यक्ष अम्बिका अधिकारी सहितले भाँडाकुडाँ, पोलार सहयोग गरेकी थिइन् ।
धादिङकी अध्यक्ष अधिकारीले पहिरो पीडित बच्छलादेवी माबिका बिद्यार्थीलाई ट्रयाकसुट सहयोग गरेकी छिन् । काँग्रेस नेता नेबिसंघ महामन्त्री तिमल्सिनाले घुम्थाङ उपस्वास्थ चौकी, बच्छलादेवी माबिका बिद्यार्थीहरु र इलाका प्रहरी कार्यालय बाह्बिसेलाई स्यानिटाइजर, एन ९५ मास्क, सर्जिकल मास्क, सोलार बत्ती लगायतको सामाग्री प्रदान गरेका थिए ।
लायान्स क्लब अफ रामेछाप डिस्ट्रिक्क ३२५ शम्भु प्रसाद घिमिरेबाट सो स्वास्थ सामाग्री सहयोग उपलब्ध भएको हो । साथै उक्त स्थानमा बितरण गरिएको खाद्य सामाग्रीको निम्ति शिव शक्ति समूहको तर्फबाट पनि थप सहयोग प्राप्त भएको नेबिसंघ महामंत्री तिमल्सिनाले जानकारी दिएका छन् ।
प्राकृतिक बिपत्तिले सिपालाई बर्षेपिच्छे पीडा दिएको र यसबर्ष पनि बाढीपहिरोले ठूलो संख्खामा जनधनको क्षति भएको हुंदाँ काँग्रेस र यसका भातृसंस्थाहरु जनताका पीडामा संधै साथमा रहने सभापति बिकास लामाले बताएका छन् ।
पीडामा परेकाहरुलाई काँग्रेसले उद्धार, राहत र पुर्नस्थापनाका निम्ति राज्यका सबै निकायहरुलाई कर्तब्यनिष्ट हुन काँग्रेसले आग्रह गरेको छ । साथै बिपत्तिमा परेका जिल्लाका जुनसुकै स्थानमा काँग्रेसले राहत र सहयोग उपलब्ध गराउने महामन्त्री तिमल्सिनाले बताए ।