काठमाडौं : कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टि गर्न सम्बन्धित परिवार वा समुदायले पाउने भएका छन्। शव अन्त्येष्टि गर्दा २५ जनाभन्दा बढी मलामी नजान पनि सरकारले आग्रह गरेको छ। साथै, आफ्नो धर्म र परम्पराअनुसार शव व्यवस्थापन गर्न चाहे सेनासँग समन्वय गरेर दाहसंस्कार गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै शव अन्त्येष्टि गर्न भनेको हो। यो सम्भव नभए नेपाली सेनाले व्यवस्थापन गर्ने पनि सरकारले जनाएको छ।
यसअघि संक्रमितको शव व्यवस्थापन नेपाली सेनाले मात्रै गर्दै आएको थियो। साथै मृतकका आफन्तलाई स्थान विशेषमा राख्न वा रहन पनि पहल गर्ने सरकारले बताएको छ।
स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको आइसीएस पदाधिकारी बैठकले जनस्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापनको मापदण्ड तोकेको हो ।