नकआउटमा रोमान्चक प्रतिस्पर्धा

भ्वाईस बिस्वकै चर्चित रियालिटी शो हो । नेपालमा भैरहेको भ्वाईस अफ नेपाल पनि नेपालमा निकै चर्चित छ । अहिले यसको सिजन ३ चलिरहेको छ । हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल-३’ को व्याटल राउण्ड सकिएको छ ।

ब्याटल सकिएसँगै चार कोचले आफ्नो टिममा ९ जना प्रतियोगी पाएका छन् । प्रत्येक टिमबाट छानिएका ९ जना प्रतियोगीले अब नकआउट राउण्डमा प्रतिष्पर्धा गर्नेछन् । ‘ब्लाइन्ड अडिसन’बाट प्रत्येक कोचले आफ्नो टिममा १६ जना प्रतियोगी लिएका थिए । आफ्नै टिमका दुई प्रतियोगी बीच हुने ब्याटलबाट प्रत्येक कोचले ८ जना छनोट गरे ।

कोचलाई दिइएको एउटा स्टिलको अधिकारबाट कोचले अर्को टिमबाट आउट भएका एक जनालाई आफ्नो टिममा लिन पाउनेछन् । जुन सबै कोचले स्टिल गरेर लिगि सकेका छन् ।स्टिल अधिकार प्रयोग गरेर सहित अब प्रत्येक कोचको टिममा ९ जना प्रतियोगीतलाई राखेका छन् । अहिले १ कोचक ९ जनाको दरले ४ कोचको ३६ जना प्रतिस्पर्धी बाकी रहेका छन् ।

अब यिनै प्रतिस्पर्धीबाट प्रत्येक कोचको ९ जनाबाट ३ टिम बनाईन्छ । जसको १ टिममा ३ जना सहभागी हुन्छन् । जसमध्ये १ जनालाई लाईभ शोमा लगिन्छ । बाकी २ जना आउट हुन्छन् । अब प्रत्येक टिमबाट ३ जना लाईभ शो मा जान्छन् भने ६ जना आउट हुन्छन् । यश अनुसार लाईभ शो मा जम्मा १२ जना प्रतिस्पर्धी बाकी रहनेछन् ।

आगामी हप्ताबाट नकआउट राउण्ड सुरु हुनेछ । पहिलो सिजनमा नकआउट राउण्ड समावेश भएको थिएन । दोश्रो सिजन र यो सिजनमा भने भ्वाइसले नकआउट राउण्ड राखेको छ । ‘दि भ्वाइस अफ नेपाल’ प्रत्येक शुक्रबार र शनिबार बेलुकी हिमालय टेलिभिजनमा प्रशारण भैरहेको छ । भ्वाइसको तेेेश्रो सिजनमा प्रमोद खरेल, दिप श्रेष्ठ, राजु लामा र तृष्णा गुरुङ कोच रहेका छन् ।