हमास धेरैवर्ष पहिलेको अवस्थामा फर्किए

५ जेठ, एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरुको कारबाहीबाट प्यालेस्टाइनको सुन्नी इस्लामिक कट्टरपन्थी समूह हमासमा ठूलो क्षति भएको बताएका छन् ।

प्रधानमन्त्री नेतान्याहूले इजरायलले नौ दिनसम्म गरेको कारबाहीबाट आतंककारी समूहमा क्षति भएको र अब हमास धेरैवर्ष पहिलेको अवस्थामा फर्किएको बताएको बीबीसीले जनाएको छ ।

इजरालयले गाजामा हमासमाथिको कारबाही जारी राखेको छ भने हिजो प्यालेस्टाइनको रकेट प्रहारबाट इजरायलमा दुई जना विदेशी कामदारको पनि ज्यान गएको नेतान्याहुले बताए ।

उनले आतंककारी समूहलाई पराजित गरेर इजरायलमा शान्ति स्थापना नहुञ्जेल कारबाही नरोकिने पनि बताए । इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म एक सय भन्दा धेरै महिला र बालबालिका सहित कम्तिमा दुई सय १५ जनाको ज्यान गएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

मारिनेमध्ये एक सय ५० भन्दा धेरै हमास समूहमा आबद्ध रहेका इजरायलले दाबी गरेको छ । इजरायलमा दुई बालबालिका सहित १२ जनाको ज्यान गएको छ ।