ढिलो नगरि संविधान र लोकतन्त्र जोगाऔँ-डा. बाबुराम

७ जेठ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले संविधानको संरक्षणका लागि ढिलो नगरि वैकल्पिक सरकार बनाउन आग्रह गरेका छन् ।

भट्टराईले ट्वीट गर्दै बरु प्रधानमन्त्रीका रुपमा लौरो उभ्याएर भए पनि संसद, संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् ।

डा. भट्टराईले लेख्नुभएको छ ‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहम् प्रश्न हो ! जे गरेर रक्षा हुन्छ त्यही गरौँ । सबैले आवश्यक त्याग÷बलिदान गरौँ ।

लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिऊँ ! आजै गरौँ, अहिल्यै गरौँ ! वीपी÷पीएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान÷लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ ! ’