नेपालमा ६ हजार १५३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । आज देशभर थप ८९ सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३५७ जना पीसीआर र ७४८ जनाको एन्टीजेन परीक्षण गर्दा ८९ सय ८० जनामा पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ८ हजार ८४८ संक्रमित निको भएका छन् । एकैदिन संक्रमणमुक्त भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । त्यस्तै आज १२९ जना संक्रमितको मृत्यु भएको छ ।

अहिले १ लाख १५ हजार ८०६ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १० हजार ८६ पुगेको छ भने ३ लाख ८३ हजार ६४८ निको भएका छन् भने ६ हजार १५३ संक्रमितको मृत्यु भएको छ ।