ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ

काठमाण्डौ । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । आगामी वर्ष २०७७ /०७८ का लागि अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्याइएको जानकारी दिए ।

उनले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको पनि जानकारी दिए । जसमा लागि सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।