१ किलो चियापत्तीको मूल्य १५ करोड

तपाईं चियाको पारखी हुनुहुन्छ रु यदि हुनुहुन्छ भने संसारको सबैभन्दा महंगो चियापत्तीको बारेमा जान्ने चाहना अवश्य छ होला । के तपाईंलाई संसारको सबैभन्दा महँगो चियापत्ती कुन हो र यसको मूल्य कति पर्छ भन्ने थाहा छ ? वास्तवमा उक्त चियापत्तीको मूल्य तपाइँ हाम्रोे कल्पनाभन्दा बाहिर हुनसक्छ ।

संसारको सबैभन्दा महँगो चियापत्तीको नाम डा होंग पाओ हो । यो चियापत्तीको मूल्य प्रतिकिलो झण्डै १५ करोड रुपैयाँ पर्छ । चीनको फुजियान प्रान्तको उइसन इलाकामामा यो चियाको खेती गरिन्छ ।

स्वास्थ्यका लागि निकै लाभदायक भएकै हुनाले यो चियापत्ती यतिधेरै महँगो भएको बताइन्छ । साथै यो चियापत्तीलाई निकै दुर्लभ पनि मानिन्छ । यो चियाको खेती निकै कठिन तथा परिश्रममूलक हुने र उत्पादन पनि कम हुने हुनाले यसको मूल्य अत्यधिक भएको हो ।

डा। होंग पाओ चियाको इतिहासलाई हेर्दा चीनमा मिंग वंशीय शासनकालबाट यो चियाको खेती सुरु भएको मानिन्छ । उक्त समयमा मिंग वंशकी महारानी अचानक बिरामी परिन् । उनको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै जाँदा बाँच्ने सम्भावना पनि कम हुँदै गएको थियो । किनकि उनलाई कुनैपनि औषधिले काम गर्न छाडेको थियो ।