ट्रकले स्कुटरलाई ठक्कर दिदा खैरेनीटारमा २ जना घाईते

तनहुँको खैरेनीटारमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ दुई जना घाईते भएका छन् । पृथ्वीराजमार्ग अन्र्तगत दुलेगौँडाबाट दमौलीतर्फ गईरहेको ग ११ प ८४१२ नम्बरको तीन पांग्रे स्कुटरलाई सोही दिशाबाट गईरहेको ना ६ ख ३४२१ नम्बरको ट्रकले ठक्कर दिदाँ श्रीमान श्रीमति घाईते भएका हुन् ।

घाईते हुनेमा शुक्लागण्डकी नगरपालिका–५ झरौटाका स्कुटर चालक ६८ बर्षीय धनबहादुर विक र पछाडी सवार उहाँकी श्रीमति ७३ बर्षीया उमा विक रहेका छन् । पछाडी सवार उमाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक जगदीश रेग्मीले बताए ।

उनको खुट्टा र टाउकोमा चोट लागेको छ । अचेत अवस्थामा उनको तनहुँ सेवा हस्पिटल दुलेगौँडामा सामन्य उपचारपश्चात थप उपचारका लागी गण्डकी हस्पिटल पोखरा पठाईएको छ । धनबहादुरको अवस्था मध्यम छ । उनको ढाडमा चोट लागेको छ । तनहुँ सेवा हस्पिटल दुलेगौँडामा उपचार भईरहेको छ ।