मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविहरुलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरु पनि पाइन्छन् । आउनोस्, त्यस्ता स्वस्थकर, मानावोपयोगी खानेकुराहरुबारे जानीराखौं।
बेसारः बेसारलाई चमत्कारी खानकुरा मानिन्छ । बेसारले शरीरभित्र रहेका जुकाहरु लगायत अन्य विभिन्न परजीविहरुलाई मारेर शरीरबाट बाहिर निस्कासन गर्न मद्दत गर्छ।
ल्वाङः ल्वाङमा कार्योफिलिन (Caryophyllene) पाइन्छ । रगतमा ल्वाङमा पाइने त्यो तत्व मिसिएपछि शरीरभित्र रहेका परजीविहरु, तिनका अण्डा र लार्भालाई मारिदिन्छ।
लसुनः ताजा लसुनमा एलिसिन (Allicin) पाइन्छ । यो एलिसिन प्राकृतिक रुपमै पाइने त्यस्तो प्रभावशाली एन्टिबायोटिक्स हो, जसले २० किसिमका व्याक्टेरियाहरु, ६० किसिमका ढुसी (फङ्गस) र केही खतरनाक भाइरसहरुलाई समेत मारिदिन्छ।
फर्सीको बियाँः फर्सीको बियामा क्युकुरविटासिन (Cucurbitacin) पाइन्छ । यसमा पनि प्रतिजैविक तत्त्वहरु पाइन्छ। त्यसले शरीरमा भएरका परजीविहरु र तथा तिनका लार्भाहरुलाई पक्षघात गराएर निष्क्रिय बनाइदिन्छ।
मेवाका दानाः मेवाका दानाले शरीरभित्र टेपवर्म र अन्य विभिन्न किसिमका परजीवि एवं जुकाहरुलाई मारिदिन्छ।
अदुवाः शरीरभित्र रहेका जुकालगायतका परजीविहरुलाई मार्नको लागि अदुवा पनि एउटा प्रभावकारी खानेकुा हो। यसले आन्द्राको संक्रमणबाट हामीलाई बचाउँछ र आमाशयमा एसिडको नियमित उत्पादनमा पनि सहयोग पुर्याउँछ।